FAQs Complain Problems

फोटो ग्यालरी

भरतपुर महानगरपालिकाको चौबिसकोठी क्षेत्रको अस्तव्यस्त बजार व्यवस्थापन गर्न आइतबार महानगरपालिका प्रहरी बलले ठोस कदम चालेको छ। यस अन्तर्गत, चौबिसकोठी क्षेत्रमा अनियमित रूपमा व्यापार गरिरहेका अस्थायी ठेला र साइकल व्यापारीहरूलाई नियन्त्रणमा लिई उनीहरूमाथि कारबाही गरिएको हो। यस कारबाहीमा फलफूलको व्यापार गर्ने धेरै ठेला, फलफूल सामग्री, साथै व्यापारीहरूले प्रयोग गरिरहेका साइकल र ठेलागाडाहरू बरामद गरिएको छ।

महानगर प्रहरीको यो कदम भरतपुर महानगरलाई स्वच्छ, सफा, सुन्दर, र व्यवस्थित बनाउन गरिएको निरन्तर प्रयासको हिस्सा भएको महानगर प्रहरी नायब उपरीक्षक कृष्ण हरि ढकालले जानकारी दिएका छन्।

भरतपुरको चौबिसकोठी क्षेत्र व्यापारिक गतिविधिका लागि महत्त्वपूर्ण क्षेत्र हो, तर पछिल्लो समय यो क्षेत्रमा अस्थायी ठेला र साइकल व्यापारीहरूको अनियन्त्रित गतिविधिले सडकमा अस्तव्यस्तता सिर्जना गरेको थियो। यसले पैदल यात्री र सवारीसाधनलाई अवरोध पुर्याउने, बजार क्षेत्रमा जामको समस्या बढाउने, र बजारको समग्र सौन्दर्यमा नकारात्मक प्रभाव पर्ने गरेको थियो।

नगर प्रहरी बलले चौबिसकोठी क्षेत्रमा व्याप्त यो समस्या समाधान गर्न नियमित रूपमा अनुगमन गर्दै आएका छन्। यसै सन्दर्भमा, आइतबारको कारबाहीले अस्थायी ठेला तथा साइकल व्यापारलाई नियमन गर्दै बजार व्यवस्थापन गर्ने उद्देश्य राखेको हो।

महानगरपालिकाको यो प्रयासले भरतपुर बजारलाई थप व्यवस्थित र सुविधाजनक बनाउने लक्ष्य राखेको छ। यस प्रकारको कारबाहीले बजार क्षेत्रलाई सफा र सुरक्षित बनाउने मात्र होइन, अस्थायी व्यापारीहरूलाई निर्धारित नियम र कानुनभित्र रहेर व्यापार गर्न प्रोत्साहित गर्ने उद्देश्य पनि राखेको छ।

महानगरले आगामी दिनमा पनि बजार व्यवस्थापनको यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ, जसबाट भरतपुर महानगरपालिकालाई दीर्घकालीन रूपमा व्यवस्थित, सुन्दर, र व्यवस्थित शहर बनाउने दिशा तिर अघि बढ्न सकिन्छ।

, , , ,

नेपालीहरूको महान् चाड बडा दशै, शुभ दीपावली, नेपाल सम्वंत तथा छठको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू, भरतपुर महानगरवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू लगायत यहाँलाई सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

भरतपुर महानगरपालिका परिवार

, ,

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ को वार्षिक समिक्षा गरेको छ । बिहीबार र शुक्रबार गरी २ दिनसम्म चलेको समिक्षा बैठकमा २९ वटा वडा तथा महाशाखा गरी ३९ वटा प्रस्तुतीकरण गरिएको थियो ।
समिक्षामा गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, समस्या र चुनौतीहरूको समिक्षा गरी चालु आर्थिक वर्षमा थप प्रभावकारी ढङ्गबाट बढ्ने नीति पनि लिइएको छ ।
समिक्षा कार्यक्रममा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका  कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुती राखेका थिए।
समिक्षामा महाशाखा प्रमुखहरुले महाशाखा र अन्तर्गतका शाखाहरूले गरेका गतिविधिहरु प्रस्तुत गरेका थिए ।  योजनाहरूको छनोट समयमै मुल्याङ्कन र अनुगमन, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढिकरण गर्ने विषयमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा, सुशासन र सेवा प्रवाह गर्न भूमिका खेल्ने बताइएको छ ।
वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्रमा आर्थिक वर्ष ०८०÷०८१ उपलब्धी सन्तोषजनक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भरतपुरको सहरी पूर्वाधारमा उल्लेखनीय विकास भएपनि अन्य क्षेत्रमा उकृष्ट नतिजा हासिल गर्न नसकिएको बताउनुभयो ।
प्रमुख दाहालले आर्थिक वर्ष ०८०÷०८१ को समिक्षाबाट निस्किएको समस्या, चुनौतीलाई अनुसन्धान, समस्याको निवारणका उपायहरु सुक्ष्म रुपले खोजी गरी चालु आर्थिक वर्षका कार्यलाई अगाडि बढाउन सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
प्रमुख दाहालले जिम्मेवार भई सेवा प्रवाह र सुशासन कार्य गर्दै दैनिक परिणाम देखिने गरी काम अगाडि बढाउन आग्रह पनि गर्नुभयो ।
गत आर्थिक वर्षमा महानगरपालिकाले पूँजीगत तर्फ ५६ प्रतिशत मात्र खर्च गरेको छ भने चालु तर्फ ८६ प्रतिशत खर्च भएको छ ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रगति समिक्षमा देखिएका केही सामाजिक विषयलाई समधान गर्न मिहिन ढङ्गबाट अगाडि बढाउनुपर्ने औल्याउनुभयो ।
वार्षिक  समिक्षा बैठकमा वडा नम्बर २६ का अध्यक्ष ज्ञानप्रसाद खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

, ,

भरतपुर महानगरपालिकालाई (IT HUB) को रुपमा विकास गर्न सम्भाब्यता अध्ययन सुरु गरिएको छ । बुधबार भरतपुर २२ पटिहानी स्थित Soaltee Westend Resort Chitwan मा USAID Trade And Competitiveness को सहकार्यमा भरतपुर महानगरले आयोजना गरेको (IT HUB) सम्बन्धि सम्भाब्यता अध्ययन प्रतिवेदन प्रस्तुत कार्यक्रममा भरतपुर महानगरपालिकालाई निकट भविष्यमा IT HUB रुपमा विकास गरिने भएको छ। नगर उप प्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आइटी क्षेत्रका बिज्ञहरु,वडा अध्यक्षहरु,निजी क्षेत्र तथा भरतपुर भित्र सन्चालनमा रहेका आइटी कलेजका प्रतिनिधिहरुले विभिन्न मापदण्डहरु बनाएर,सुझावहरु सकलन गरेर र महानगरको नीति तथा कार्यक्रममा समावेश गरेर निकट भविष्यमा महानगरलाइ आइटी हव र आइटी पार्कको रुपमा विकास गर्नुपर्ने राय तथा सुझाव दिएका छन् ।

, , , , ,

भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गर्नुभयो । भरतपुर वडा नम्बर १ मा अवस्थित यो दरबारमा राजा महेन्द्रको निधन भएको थियो । विस २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

, , , ,

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रमुख रेनु दाहाल उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभयो।

, , , , ,

भरतपुर महानगरपालिकाले आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा सम्माननिय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यता एवं बागमती प्रदेशका मुख्यमन्त्रीज्यूको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

मिति:- २०८१-०३-१५

, , , , , , , , , ,

भरतपुर महानगरपालिकाको १५ औ नगर सभाको सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम ।
मिति:- २०८१-०३-१३

, , , , , ,

Pages