प्रमुख समाचार
भरतपुर महानगरपालिकालाई (IT HUB) को रुपमा विकास गर्न सम्भाब्यता अध्ययन सुरु गरिएको ।
भरतपुर महानगरपालिकालाई (IT HUB) को रुपमा विकास गर्न सम्भाब्यता अध्ययन सुरु गरिएको छ । बुधबार भरतपुर २२ पटिहानी स्थित Soaltee Westend Resort Chitwan मा USAID Trade And Competitiveness को सहकार्यमा भरतपुर महानगरले आयोजना गरेको (IT HUB) सम्बन्धि सम्भाब्यता अध्ययन प्रतिवेदन प्रस्तुत कार्यक्रममा भरतपुर महानगरपालिकालाई निकट भविष्यमा IT HUB रुपमा विकास गरिने भएको छ। नगर उप प्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आइटी क्षेत्रका बिज्ञहरु,वडा अध्यक्षहरु,निजी क्षेत्र तथा भरतपुर भित्र सन्चालनमा रहेका आइटी कलेजका प्रतिनिधिहरुले विभिन्न मापदण्डहरु बनाएर,सुझावहरु सकलन गरेर र महानगरको नीति तथा कार्यक्रममा समावेश गरेर निकट भविष्यमा महानगरलाइ आइटी हव र आइटी पार्कको रुपमा विकास गर्नुपर्ने राय तथा सुझाव दिएका छन् ।