FAQs Complain Problems

आज मिति २०७२ असोज ८ गते भरतपुर उप महानगरपालिकाका कार्यकारी अधिकृत श्री महेश बराल ज्यूको अध्यक्षतामा आ.व. २०७१।०७२ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भयो ।

आज मिति २०७२ असोज ८ गते भरतपुर उप महानगरपालिकाका कार्यकारी अधिकृत श्री महेश बराल ज्यूको अध्यक्षतामा  आ.व. २०७१।०७२ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भयो । प्रमुख जिल्ला अधिकारी श्री बिनोद प्रकाश सिहज्यू प्रमुख अतिथि रहनु भएको कार्यक्रममा स्थानीय बिकास अधिकारी श्री श्रवण कुमार पोख्रेल, राजनैतिक दलका प्रतिनिधिहरुमा नेपाली कांग्रेसका मिलन बावु श्रेष्ठ, ने.क.पा. एमाले का तेजेन्द्र खडका , ए. ने. क .पा. माओवादीका खेम भण्डारी ,रा.प्र.पा.नेपालका बिष्णु प्रसाद खराल, रा.प्र.पा का हरिराज भटराई, ने.क.पा. मालेका ओम प्रकास गौतम , राष्टिय जनमुक्तिका राम प्रसाद घले , चितवन उधोग संघका भेसराज दवाडी लगायत वडा नागरिक मन्चका संयोजक, पत्रकार ,बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त समिक्षा कार्यक्रममा बरिष्ठ इन्जिनियर भरत कुमार आचार्य , बरिष्ठ प्रशासकिय अधिकृत टिकाराम कंडेल , खानेपानी व्यवस्थापन वोर्डका कार्यकारी निर्देशक सालिक राम पौडेल ,बातावरण शाखा प्रमुख इश्वरराज राज भण्डारी , सामाजिक बिकास शाखा प्रमुख तुलसी प्रसाद श्रेष्ठ ले शाखा गत प्रस्तुती गर्नु भएको थियो भने बिभिन्न व्यक्तित्वहरुले सुझाव पेश गनुृ भएको थियो प्राप्त जिज्ञासाहरुमा कार्यकारी अधिकृत महेश बरालले सम्वोधन गर्नु भएको थियो ।