प्रमुख समाचार
भरतपुर महानगर कोभिड-१९ तथा विपद व्यवस्थापन प्रणाली
नमस्कार,
विपदको यो समयमा तपाई-हाम्रो सहकार्यलाई बलियो बनाउदै विपद व्यवस्थापन वैज्ञानिक बनाउन यो प्रणाली ल्याएका छौँ। यस प्रणाली अन्तर्गत हाल क्वारेन्टिन/आइसोलेसन व्यवस्थापन, लाईभ ट्र्याकिङ, दैनिक रिपोर्ट, स्वयं-परिक्षा लगयात अन्य मोड्युलहरु मोबाइल एप्स तथा वेब सिस्टममा उपलब्ध छन।
यो एप्स किन महत्वपुर्ण छ?
- यदि तपाईं भरतपुर महानगरवासी हुनुहुन्छ र सकुशल हुनुहुन्छ भने पनि आफ्नो सुरक्षाका लागि यो एप्स मोबाइलमा राख्नुहोला।
- यदि तपाईं भरतपुर महानगरवासी हुनुहुन्छ र कुनै समस्या वा स्वास्थ्यसम्बन्धि जटिलता छ भने अावश्यक सहायताका लागि यो एप्स राख्नुहोला।
- यदि तपाईं क्वारेन्टिन वा आइसोलेसनमा हुनुहुन्छ भने तपाईंसँग हाम्रो दैनिक सम्पर्क र तपाईंको स्वास्थ्यस्थितिको जानकारी लगायत अन्य अावश्यक पर्ने सुचना एवं कार्यका लागी यो एप्स राख्नुपर्ने हुन्छ।
- विपद व्यवस्थापन बारे महानगरको आधिकारिक जानकारी वा सुचनाहरु बारे अपडेट रहिरहनका लागी पनि यो एप्स उपयोगी छ।
- आशा गरौं, महामारीको स्थिति यो भन्दा गम्भिर हुनेछैन। तर अप्रत्याशित यदि अवस्था आएकाे खण्डमा भने, तपाईं–हाम्रो सम्पर्क, ट्रेसिङ लगायत अन्य व्यवस्थापनका लागि यो प्रणाली अत्यावश्यक हुनेछ।
कृपया भरतपुर महानगर कोभिड-१९ व्यवस्थापन एप्स यहाँबाट डाउनलोड गर्नुहोला।
भरतपुर महानगरवासीका निम्ती गरिएको यस योगदानका लागि हामी स्मार्ट-पालिका तथा सेलएप प्रती आभारी छौं!