FAQs Complain Problems

भरतपुर महानगर कोभिड-१९ तथा विपद व्यवस्थापन प्रणाली

SmartPalika COVID19 Response and Disaster Management System for Bharatpur Metropolitan Cityनमस्कार,

विपदको यो समयमा तपाई-हाम्रो सहकार्यलाई बलियो बनाउदै विपद व्यवस्थापन वैज्ञानिक बनाउन यो प्रणाली ल्याएका छौँ। यस प्रणाली अन्तर्गत हाल क्वारेन्टिन/आइसोलेसन व्यवस्थापन, लाईभ ट्र्याकिङ, दैनिक रिपोर्ट, स्वयं-परिक्षा लगयात अन्य मोड्युलहरु मोबाइल एप्स तथा वेब सिस्टममा उपलब्ध छन।

यो एप्स किन महत्वपुर्ण छ?

  • यदि तपाईं भरतपुर महानगरवासी हुनुहुन्छ र सकुशल हुनुहुन्छ भने पनि आफ्नो सुरक्षाका लागि यो एप्स मोबाइलमा राख्नुहोला।
  • यदि तपाईं भरतपुर महानगरवासी हुनुहुन्छ र कुनै समस्या वा स्वास्थ्यसम्बन्धि जटिलता छ भने अावश्यक सहायताका लागि यो एप्स राख्नुहोला।
  • यदि तपाईं क्वारेन्टिन वा आइसोलेसनमा हुनुहुन्छ भने तपाईंसँग हाम्रो दैनिक सम्पर्क र तपाईंको स्वास्थ्यस्थितिको जानकारी लगायत अन्य अावश्यक पर्ने सुचना एवं कार्यका लागी यो एप्स राख्नुपर्ने हुन्छ।
  • विपद व्यवस्थापन बारे महानगरको आधिकारिक जानकारी वा सुचनाहरु बारे अपडेट रहिरहनका लागी पनि यो एप्स उपयोगी छ।
  • आशा गरौं, महामारीको स्थिति यो भन्दा गम्भिर हुनेछैन। तर अप्रत्याशित यदि अवस्था आएकाे खण्डमा भने, तपाईं–हाम्रो सम्पर्क, ट्रेसिङ लगायत अन्य व्यवस्थापनका लागि यो प्रणाली अत्यावश्यक हुनेछ।

 कृपया भरतपुर महानगर कोभिड-१९ व्यवस्थापन एप्स यहाँबाट डाउनलोड गर्नुहोला

     

भरतपुर महानगरवासीका निम्ती गरिएको यस योगदानका लागि हामी स्मार्ट-पालिका तथा सेलएप प्रती आभारी छौं!